काठमाडौं ।उरुग्वे कोपा अमेरिका २०२४ को सेमिफाइनलमा पुगेको छ। आज भएको क्वार्टरफाइनल खेलमा ब्राजिललाई हराउँदै उरुग्वे सेमिफाइनलमा पुगेको हो। निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा टुङ्गिएपछि टाइब्रेकरमा गएको थियो। टाइब्रेकरमा उरुग्वेले ४–२ को गोलअन्तरले जित निकालेको हो। जितसँगै उरुग्वे सेमीफाइनलमा पुगेको छ भने ब्राजिल प्रतियोगिताबाटै बाहिरिएको छ। त्यस्तै पनामालाई सजिलै पराजित गर्दै कोलम्बिया पनि कोपा…