मायादेवी अनलाइन, बाणगंगा ।कपिलवस्तुको एक वडा कार्यालयले नेपाली भाषाको शुद्ध प्रयोग नगरेको भन्दै सामाजिक सन्जालमा पत्र भाइरल भएको छ । कपिलवस्तु नगरपालिका वडा नं. ७ ले सरकारी लेटरप्याडमा निकालेको एक सूचनामा अशुद्ध नेपाली भाषाको प्रयोग गरिएको छ । उक्त पत्र सार्वजनिक भएपछि सामाजिक सन्जालमा शुद्धताको प्रश्नलाई लिएर पत्र भाइरल भएको हो । पत्रमा लेखिएका अधिकांश…