१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

राष्ट्रपतिविरुद्ध पश्चिम नवलपरासीमा आन्दोलन



परासी ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर संविधान मिचेको भन्दै पश्चिम नवलपरासीको सदरमुकाम परासीमा विरोध प्रदशर्न भएको छ । वर्षौंदेखि नागरिकता विहीनहरूको पीडामा राष्ट्रपति गम्भीर नभएको भन्दै यहाँस्थित युवा संघर्ष समितिले विरोध जनाएको हो ।

सदरमुकाम परासीको बुद्धचोकमा युवाहरुले शुक्रबार टायर बालेर नारावाजी गरेका थिए । युवा संर्घष समिति नवलपरासीका संयोजक रघुविर शर्माले राष्ट्रपतिको कदम नसच्याएसम्म आफूहरूले आन्दोलन जारी राख्ने चेतावनी दिए ।

यस्तै जिल्लामा जनता समाजवादी पार्टीले पनि राष्ट्रपतिले संविधान विपरीत विधेयक प्रमाणीत नगरेको भन्दै वरोध प्रदर्शन गरेको थियो ।

प्रकाशित मिति : ७ आश्विन २०७९ शुक्रबार ००:००  ५ : २९ बजे