काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले डडेल्धुराको गन्यापधुरा पुगेर मतदान गरेका छन्। प्रधानमन्त्री देउवाले गन्यापधुरा गाउँपालिका–१ मा रहेको असिग्राम मावि मतदान केन्द्रबाट मतदान गरेका हुन्। देउवाले यसै विद्यालयबाट प्रारम्भिक शिक्षा हासिल गरेका थिए। २००३ सालमा जन्मिएका देउवाले कक्षा ३ सम्मको प्रारम्भिक शिक्षा तत्कालीन असिग्राम प्राविबाट लिएका थिए। कक्षा ८ सम्म डडेल्धुरा सदरमुकामको महेन्द्र माविमा पढेका देउवाले…