८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

बाबुराम भट्टराईले गरे मत दिइरहेको तस्बिर सार्वजनिक



काठमाण्डौ ।

जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराईले आफूले मत दिइरहेको तस्बिर सार्वजनिक गर्नुभएको छ ।
मतदान केन्द्रमा मोबाइल लैजान र फोटो खिच्न नपाइने भए पनि भट्टराईले मत दिएको तस्बिर सामाजिक सञ्जालबाट सार्वजनिक गर्नुभएको हो । उहाँले गोरखाको पालुङटार नगरपालिका–१ अन्नपूर्ण मावि मतदान केन्द्रबाट मतदान गर्नुभएको हो ।

पालुङटार नगरपालिकामा जसपा र नेकपा एमालेबीच तालमेल भएको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७९ शुक्रबार ००:००  १० : ०९ बजे