दाङ । दाङमा श्रीमानको हत्या गरेको आरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। घोराही उपमहानगरपालिका –१ निवासी ६४ वर्षीय ढालबहादुर चौधरीको हत्या आरोपमा उहाँका ६२ वर्षीया श्रीमती छायादेवी चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको हो। प्रारम्भिक अनुसन्धानअनुसार श्रीमान–श्रीमतीबिच आपसी विवाद हुँदा छायादेवीले टर्च लाइटले श्रीमानको टाउकोमा प्रहार गरेकी थिइन्। प्रहारबाट ढालबहादुरको टाउको फुटेर अत्यधिक रक्तस्राव भएको र…