१८ मंसिर २०८२, बिहिबार | Thu Dec 4 2025

पाल्पामा सडकबाट खोल्सामा गाडी खस्दा ३ जनाको ज्यान गयो



काठमाण्डौ ।

पाल्पाको रेनादेवि छहरा गाउँपालिकामा गाडी दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा रैनादेवी छहरा–४, अमलावासका चालक ३१ वर्षीय कमल रायमाझी, मुक्तबहादुर बूढाथोकी र रामबहादुर घाहा रहेका छन् ।

आज बुटवलबाट पाल्पाको रैनादेवी छहराको मेहलढापतर्फ गुडीरहेको लुम्बिनी प्रदेश ०१–००१ ज ००९१ नम्बरको गाडी सडकबाट झन्डै दुई सय मिटर तल खोल्सामा खसेको छ । अहिले प्रहरी र स्थानीयबासीको सहयोगमा उद्धारको काम भइरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : १२ कार्तिक २०८२ बुधबार ००:००  ६ : २१ बजे