काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीभित्र कोही पनि असन्तुष्ट नरहेको बताउनुभएको छ । आज आइतवार पार्टीको केन्द्रीय कार्यालयमा आफूले पार्टीको विधानअनुसार मनोनयन गरेका पदाधिकारीहरूलाई स्वागत गरेपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै अध्यक्ष लिङ्देनले पार्टीभित्र कुनै पनि सदस्य असन्तुष्ट नरहेको बताउनुभएको हो । निवर्तमान अध्यक्ष कमल थापाले उठाएको विषयमा छलफल भइरहेको भन्दै उहाँले त्यो विषयलाई…