काठमाण्डौ ।एसेज श्रृङ्खला अन्तर्गतको पहिलो टेष्ट अष्ट्रेलियाले नौ विकेटले जितेको छ । ब्रिस्वेनमा इंग्ल्याण्डले दिएको २० रनको लक्ष्य अष्ट्रेलियाले चौथो दिनको खाना समय अघि नै मात्र १ विकेट गुमाएर भेटायो । पहिलो पारीमा इंग्ल्याण्डलाई एक सय ४७ रनमा अलआउट गरेको अष्ट्रेलियाले चार सय २५ रन बनाएको थियो । दोस्रो पारीमा पनि उत्कृष्ट प्रदर्शन गर्दै अष्ट्रेलियाले…