२५ बैशाख २०८१, मंगलबार | Tue May 7 2024

२४ घण्टामा २ सय ६० जनामा कोरोना पुष्टि



काठमाण्डौ ।

पछिल्लो २४ घण्टामा दुई सय ६० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी ११ हजार आठ सय ९८ जनाको नमुना परीक्षण गर्दा दुई सय ६० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा तीन सय ४९ जना निको भएका छन् । योसहित कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या आठ लाख १० हजार दुई सय ७१ पुगेको छ ।

यही अवधिमा थप एक जनासहित कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार पाँच सय ८२ पुगेको छ । अहिले नेपालमा पाँच हजार ४८ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् ।

यसैबीच पछिल्लो २४ घण्टामा तीन लाख २९ हजार तीन सय ७१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । योसहित नेपालमा पूर्ण मात्रा खोप लगाउनेको सङ्ख्या ९९ लाख २७ हजार एक सय २३ जना र कम्तीमा एक मात्रा खोप लगाउनेको सङ्ख्या एक करोड २९ लाख १३ हजार ६६ पुगेको छ ।

नेपालमा अहिलेसम्म तीन करोड ८५ लाख ३९ हजार तीन सय ६७नेपालमा अहिलेसम्म तीन करोड ८५ लाख ३९ हजार तीन सय ६७ मात्रा कोरोनाविरुद्धको खोप प्राप्त भएकोमा दुई करोड २८ लाख ४० हजार एक सय ८९ मात्रा खोप प्रयोग भइसकेको छ ।

प्रकाशित मिति : ९ पुस २०७८ शुक्रबार ००:००  ४ : १३ बजे