काठमाडौं । मङ्गलबारदेखि पश्चिमी भेगका केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । सोमबार बेलुकीदेखि पानी पार्ने पश्चिमी न्यून चापीय प्रणाली फेरि सक्रिय हुने भएकाले पश्चिम नेपालको केही ठाउँमा पानी र हिउँ पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो । सोमबार बेलुकी पानी पर्ने प्रणाली पश्चिममा आइपुग्नेछ भने मङ्गलबार…