८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

नब्याउँदै गाईले दूध दिन थालेपछि…



पोखरा ।

पोखरा महानगरपालिका(२१ फेदीपाटनका मुक्ति पौडेल कात्तिकको अन्तिममा व्याउनुपर्ने गाईले ६ महिनाअघि नब्याउँदै दूध दिन थालेपछि दंग छन्। विसं २०७७ माघ २ गते परम्परागत तवरले बहर लगाएर प्रजनन् गराइएको गाई आगामी कात्तिकमा ब्याउने भन्दै ढुक्क बनेका पौडेल जेठको २६ गते राति एकाएक गाईको थुनबाट दूध गोठमा आफैं झरेको देख्दा अचम्ममा परे। साढे दुई वर्षको मिनिजर्सी सो बाच्छीले त्यसयता प्रत्येक दिन बिहान बेलुका दुईरदुई लिटरका दरले दूध दिन थालेपछि यतिखेर उनको घरमा गाई हेर्न छिमेकीहरु पुग्न थालेका छन्। उनले भने, ‘दूध भने कहिल्यै पनि फाटेन। अहिले खाएर बाँकी रहेको दूध दही बनाएर मोथ्दा घ्यू पनि राम्रो लाग्ने गरेको छ।’

गाई नब्याउँदै दूध दिने विषय बिरलै हुने गरेको बताउँदै पशु चिकित्सक डा। मधु तिमिल्सिना हर्मोनको कारण यस्ता दुर्लभ घटना हुने बताउँछन्। उनी भन्छन्, ‘नब्याउँदै गाईले दिएको दूध खाँदा भने कुनै समस्या हुँदैन। उन्नत जातका गाईका बाच्छीले पहिलो बेतमै प्रोजेस्टोन हर्मन वृद्धिले दूध उत्पादन गर्ने भएको कारण नब्याउँदै दूध दिन थालेको हो। यस अवस्थाका गाईमा थुनेलो हुने समस्या आउने भएकाले कल्चौडा सफा राख्ने, थुनमा बेटाडिन लगाउने गर्नु पर्दछ।’ रासस

प्रकाशित मिति : १२ असार २०७८ शनिबार ००:००  १ : २३ बजे