२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

आजबाट अंग्रेजी नयाँ वर्ष सन २०२१ प्रारम्भ



मायादेवी अनलाइन, कपिलवस्तु ।
नयाँ अंग्रेजी पात्रो अनुसार आजदेखि सन् २०२१ प्रारम्भ भएको छ । सन् २०२० को अन्तिम दिन डिसेम्बर ३१ तारिख अर्थात् गएराति १२ बजेको समाप्तिसंगै सन् २०२० को औपचारिक विदाई भई नयाँ वर्ष २०२१ प्रारम्भ भएको छ ।

यति बेला नयाँ बर्षको खुसीयालीमा विश्वभरी विभिन्न कार्यक्रमहरु गरि मनाइदै छ । ईसापुर्व २००० बर्ष पहिले इराकको मेसोपोटा मियाबाट नयाँ बर्ष मनाउने प्रचलन शुरु भएको हो ।

रोमन भाषाको जेनस शब्दबाट नयाँ बर्षको पहिलो महिना जनवरीको नामाकरण भएको मानिन्छ । नेपालमा पनि विभिन्न कार्यक्रम गरी नयाँ वर्षको स्वागत गरिएको छ ।

सन् २०२१ को सुरुवातसंगै राजधानी लगाएत देशका विभिन्न प्रमुख शहरहरुमा कार्यक्रम गरिदैछन् । पर्यटकीय स्थलहरुमा राति अबेरसम्म नयाँ वर्षको स्वागतमा विभिन्न कार्यक्रम भएका छन् ।

यस अवसरमा शुभकामना आदानप्रदान गर्ने र पर्यटकीय स्थलहरुमा विभिन्न सांस्कृतिक कार्यक्रमका साथ सडक महोत्सव गर्ने चलन छ । महोत्सवमा पर्यटकलाई खाने, बस्ने, घुम्ने कार्यक्रममा सहुलियत दिएर उनीहरुलाई आकर्षित गर्ने गरिन्छ ।

प्रकाशित मिति : १७ पुस २०७७ शुक्रबार ००:००  ५ : ४० बजे