५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026

आजबाट मौसममा सुधार आउने



काठमाडौँ – लगातार केही दिनदेखि वर्षा भइरहेको मौसममा बिहीबार दिउँसोदेखि सुधार आउने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मध्यान्नसम्म मुलुकका अधिकांश स्थानको मौसम बदली भएर केही स्थानमा वर्षा भए पनि दिउँसोपछि क्रमशः सुधार हुने मौसमविद राजु प्रधानांगले जनाकारी दिनुभयो ।

उहाँका अनुसार सुदूरपश्चिम क्षेत्र बाहेक अरु ठाउँमा आज पनि बिहानीपखको मौसम बदली भएर पानी परिरहेको छ । यो क्रम मध्यान्नसम्म जारी रहने र त्यसपछि मौसममा सुधार हुने मौसमविद प्रधानांगलेबताउनु भयो ।उहाँले शुक्रबारदेखि मौसम पूर्ण रुपमा सुधार हुने देखिएको जानकारी दिनुभयो ।

प्रकाशित मिति : २ आश्विन २०७६ बिहिबार ००:००  ७ : ४२ बजे