एजेन्सी । जम्मू–काश्मीरको पुलवामामा बिहीबार भएको आत्मघाती आक्रमणको दुई दिनपछि शनिबार भारत पाकिस्तान सीमा नजिक एक विष्फोट भएको छ । विष्फोटमा भारतीय सेनाका एकजना मेजरको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । रक्षा प्रवक्ता लेफ्टिनेन्ट कर्नेल देवेन्दर आनन्दले बताए अनुसार यो घटना राजौरीको नौशेरा सेक्टरमा भएको थियो । ज्यान गुमाएका मेजरको नाम सार्वजनिक गरिएको छैन…