२४ जेष्ठ २०८३, आइतबार | Mon Jun 8 2026

पूर्वराजा ज्ञानेन्द्र तराई दौडाहामा



झापा ।
पूर्वराजा ज्ञानेन्द्र शाह तराई दौडाहामा निस्किएका छन् । आमा रत्नराज्यदेवी शाहको स्वास्थ्यमा सुधार आएपछि पूर्व राजा ज्ञानेन्द्र शाह आइतबार पुनः झापा फर्किएर भोलीबाट तराइका बिभिन्न जिल्लाको भ्रमण का छन्। आमा रत्नको स्वास्थ्यमा अचानक समस्या आएपछि झापा बसाई वीचमै स्थगित गरेर काठमाडौं फर्किनुभएका पुर्व राजा शाह श्री एयर लाइन्सको विमानबाट झापा पुग्नु भएको हो ।
उहाँको आइतबार नै भ्रमण तालिका सार्वजनिक गरिने उहाँका सहयोगी फणिराज पाठकले बताउनु भयो । पूर्व राजा शाह धनुषा, सप्तरी, उदयपुरलगायतका जिल्ला जाने कार्यक्रम छ। अचानक मुटुमा समस्या देखिएपछि रत्नलाई नर्भिक अस्पताल भर्ना गरिएको थियो।

प्रकाशित मिति : २६ फाल्गुन २०७५ आइतबार ००:००  १० : ३४ बजे