हेटौँडा । वनभोजका लागि मकवानपुरको मार्खु जादै गरेको काठमाडौं शंकरदेव क्याम्पसको बस दुर्घटनामा परेको छ। इन्द्रसरोबर गाउँपालिका–३ स्थित डोडारे भन्ने स्थानमा बा।३ ख ३१५२ नम्बरको बस दुर्घटना हुँदा चालक विकास श्रेष्ठसहित तीनजना घाइते भएका छन्। घाइते हुनेहरूमा हरिमाया शर्मा, अमितकुमारी चौधरी र कौशिला गिरी रहेको प्रहरी चौकी सिस्नेरीले जनाएको छ। उनीहरूको सिस्नेरी स्वास्थ्यचौकीमा उपचार भइरहेको…