काठमाडौँ । सगरमाथा आरोहणका क्रममा फिलिपिनी नागरिक फिलिप द्वितीय स्यान्टिएगोको मृत्यु भएको छ । सगरमाथाको चौथो शिविरमा गएराति आराम गरिरहेका अवस्थामा उनको निधन भएको पर्यटन विभागले जनाएको छ। उनी स्नो होराइजन टेक्स एण्ड एक्सपिडिसन प्रालिमार्फत सगरमाथा आरोहणमा गएका थिए। फिलिप चौथो शिविरमा करिब रातको ७-८ बजे थकित अवस्थामा पुग्नुभएको र आराम गरेका अवस्थामा मृत्यु भएको…