२ असार २०८२, सोमबार | Mon Jun 16 2025

मलेशियामा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १५ जनाको ज्यान गयो



एजेन्सी ।
मलेशियामा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १५ जनाको ज्यान गएको छ । सुल्तान इद्रीस शिक्षा विश्वविद्यालयका विद्यार्थीहरूलाई उनीहरूको क्याम्पसमा फर्काउँदै गरेको बस उत्तरी मलेशियामा एउटा मिनिभ्यानमा ठोक्किएको स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

दुर्घटनामा १४ जना विद्यार्थी र एक जना बसका सहयोगीको ज्यान गएको हो । यो दुर्घटना दशककै घातक रहेको खबरमा उल्लेख छ । यस्तै दुर्घटनामा अन्य ३३ जना घाइते भएका र तीमध्ये सात जनालाई गम्भीर अवस्थामा अस्पताल लगिएको छ ।

बसले नियन्त्रण गुमाएको र पछाडिबाट मिनिभ्यानलाई ठक्कर दिएको जस्तो देखिने पेराक राज्य प्रहरी प्रमुख हिशाम नोर्दिनले बताउनुभयो । उद्धारकर्ताहरूले बसबाट मानिसहरूलाई निकाल्न हाइड्रोलिक कटर प्रयोग गर्नुपरेको थियो ।

प्रकाशित मिति : २७ जेष्ठ २०८२ सोमबार ००:००  ७ : ५१ बजे