मायादेवी अनलाइन, जितपुर ।
राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ जिल्ला कार्यसमिती कपिलवस्तुले स्थापना दिवसको अवसरमा विरामीलाई फलफुल वितरण गरेको छ । २० औ स्थापना दिवसको अवसरमा मंगलबार पिपरा अस्पतालमा भर्ना भएका विरामीलाई फलफुल वितरण गरिएको महासंघका अध्यक्ष गोकर्ण अर्यालले बताए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी तथा राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल लुम्बिनी प्रदेश समिती उपाध्यक्ष सरस्वती भण्डारीले स्थापना दिवसको अवसरमा मानवीय कार्य गरेकोमा स्वास्थ्यकर्मीसंघ जिल्ला समितीलाई धन्यवाद दिइन् । उनले यस्ता कामले सामाजिक उत्तरदायित्व बहन हुने भन्दै राम्रो काममको सबैले सिको गर्नुपर्ने बताइन् । यस्तै वाणगंगा नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष विष्णु प्रसाद पौडेलले अबको दिनमा जनप्रतिनिधी संगै समाजका अगुवाले भाषण नभई जनताले प्रत्यक्ष देख्ने गरी काम गरेर देखाउनुपर्ने बताए ।
यस्तै स्वास्थ्यकर्मी संघ लुम्बिनीका कोषाध्यक्ष डिलाराम भुसालले जिल्ला शाखाले गर्ने यस्ता काममा प्रदेस समितीले सहकार्य गर्ने बताए । अस्पतालमा रहेका विरामीको स्वास्थ्यलाभको कामना गर्दै भुसालले आगामी दिनमा पनि यस्ता कामलाई निरन्तरता दिने बताए । कार्यक्रममा जनसङ्ख्या विभागका सदस्य चोपकान्त न्यौपाने, पिपरा अस्पतालको डाक्टर जागृति खनाल लगाएतको सहभागिता रहेको थियो ।

महासंघका जिल्ला उपाध्यक्ष दीपक मणि पौडेलको स्वागत मन्तब्य रहेको कार्यक्रमको संचालन जिल्ला सचिव बमलाल भण्डारीले गरेका थिए । कार्यक्रममा बोल्ने वक्ताले महासंघको पृष्ठभूमिको बारेमा प्रकाश पार्दै संगठनले गरेका कामहरूको प्रशंसा गरेका थिए । कार्यक्रम राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ जिल्ला कार्यसमिती कपिलवस्तुको आयोजना र स्वास्थ्यकर्मीसंघ लुम्बिनी प्रदेशको सहकार्यमा सम्पन्न भएको हो ।

प्रतिक्रिया