काठमाण्डौ । पूर्व पश्चिम राजमार्गको नवलपरासी र बीपी राजमार्गको काभ्रेपलाञ्चोकमा सडक अवरुद्ध भएको छ । गएराति नवलपरासीको कावासोती–दुम्कीवास खण्डको बीचमा पर्ने चोरमारा पुल भासिएपछि पूर्व–पश्चिम राजमार्गमा यातायात ठप्प भएको हो । ठूलो ट्रक पार गर्ने क्रममा पुल भासिएको प्रहरीले जनाएको छ । फलामे पुल भासिएपछि पूर्व–पश्चिम हिँडेका सयौं यात्रु र गाडी चोरमारा र अरुणखोलामा रोकिएका…