काठमाडौँ । नेवाः पत्रकार राष्ट्रिय दबुले राजावादीको प्रदर्शनमा मारिएका सञ्चारकर्मी सुरेश रजकलाई सहिद घोषणा र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिलाउन सरकारसमक्ष माग गरेको छ। सञ्चारगृहमाथि भएको आक्रमण र सञ्चारकर्मी मारिएको विरोधमा नेवाः पत्रकार राष्ट्रिय दबुले आइतबार वसन्तपुरस्थित महादेव पार्वती डबलीमा धर्ना दिई सो माग गरेको हो। धर्नामा वक्ताहरूले राजावादीको कथित आन्दोलनको नाउँमा तीनकुनेमा भएको अराजक…