३ आश्विन २०८३, शनिबार | Sat Sep 19 2026

सोमवार इदको सार्वजनिक बिदा



काठमाडौँ ।
सरकारले इस्लाम धर्मावलम्बीको पर्व इद–उल फित्र (इद) को अवसरमा भोलि (सोमवार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

गृह मन्त्रालयका सहसचिव प्रवक्ता रामचन्द्र तिवारीले आज जारी गरेको विज्ञप्तिअनुसार नेपाल राजपत्रमा प्रकाशित सूचनाबमोजिम सोमवार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

विज्ञप्तिमा “चैत १८ गते सोमवार सार्वजनिक बिदा दिने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ” उल्लेख छ।

प्रकाशित मिति : १६ चैत्र २०८१ आइतबार ००:००  ९ : ०६ बजे