१८ श्रावण २०८३, सोमबार | Mon Aug 3 2026

मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा कालोपत्र गर्न शुरु

तनहुँ मुग्लिन । पोखरा सडक विस्तारअन्तर्गत तनहुँको सदरमुकाम दमौली बजारमा कालोपत्र शुरु भएको छ । मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड) का धेरैजसो ठाउँमा कालोपत्र सकिएको लामो समयपछि दमौली बजारमा कालोपत्र शुरु भएको पूर्वी खण्डका इञ्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिनुभयो । दमौली बजारमा सडक मापदण्डभित्र रहेका घरहरु भत्काउने क्रमले तीव्रता लिएसँगै बागबजारमा कालोपत्र थालिएको उहाँले बताउनुभयो…