मायादेवी अनलाइन, जितपुर । बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्याालले चक्रपथ, फोहोरमैला प्रशोधन केन्द्र र बुद्धरंगशालालाई गौरवका योजनाका रुपमा राखेर काम भइरहेको बताएका छन्। फोहोरमैला प्रशोधन केन्द्र र बसपार्क निर्माणको लागि नगर जग्गा प्राप्तिको प्रक्रियामा रहेको उनको भनाई छ । बिहिबार बाणगङ्गा नगरपालिकाको आयोजना तथा नेपाल पत्रकार महासङ्घ, कपिलवस्तुको प्राविधिक सहयोगमा सम्पन्न सार्वजनिक सुनुवाईमा बोल्दै…