२१ श्रावण २०८३, बिहिबार | Thu Aug 6 2026

बगरखेतीमा आकर्षित हुँदै राप्तीसोनारीका किसान

राँझा ।बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसान बगरखेतीतर्फ आकर्षित भएका छन्। राप्ती नदीको डुबान र कटानबाट प्रभावित राप्ती सोनारी-५ बिनौना ललहीवासीले सामूहिक बगरखेती गर्दै आएका हुन्। उनीहरू बगरखेती गरेर आर्थिक उपार्जनमा जोडिएका छन्। विगतमा निर्वाहमुखी खेती गर्दै आए पनि अहिले व्यावसायिकरूपमै बगरखेती गर्न आफूहरू लागिपरेको ललही बगरखेती समूहका अध्यक्ष टेकराज थारूले बताए। 'पहिला थोरै थोरै खेती…