७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

च्याम्पियन्स लिगमा पुग्ने ८ टोलीको लाग्यो टुंगो



एजेन्सी ।
एट्लेटिको मड्रिड र बोरोसिया डर्टमन्ड च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेका छन्। योसँगै क्वार्टरफाइनलमा पुग्ने ८ टोलीको टुंगो लागेको छ।

गएराति एट्लेटिको इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। खेल समग्रमा २–२ को बराबरीमा सकिएपछि खेल पेनाल्टीमा गएको थियो।

एथ्लेटिकोका गोलकिपर जान ओब्लाकले एलेक्सिस सान्चेज र डेभी क्लासेनको पेनाल्टी बचाएका थिए भने इन्टरका लाउटारो मार्टिनेजले पेनाल्टी प्रहार गरेका थिए।

बोरुसिया डर्टमन्डले पीएसभी आइन्डहोभेनलाई पराजित गर्दै तीन वर्ष पछि लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। डर्टमन्डका लागि जाडोन सान्चो र मार्को रिउसको गोल गरे। समग्रमा डर्टमन्ड ३–१ ले विजयी भयो।

डर्टमन्ड, एट्लेटिको आर्सनल, बार्सिलोना, बायर्न म्युनिख, म्यानचेस्टर सिटी, पेरिस सेन्ट जर्मेन र रियल मड्रिडले सेमिफाइनलमा स्थान पक्का गरेका छन्। च्याम्पियन्स लिगको ड्र शुक्रबार सार्वजनिक हुनेछ।

प्रकाशित मिति : १ चैत्र २०८० बिहिबार ००:००  ७ : ०६ बजे