१६ बैशाख २०८१, आइतबार | Sun Apr 28 2024

काठ चिरानको सिफारिस दिँदा घुस लिने सहायक वन अधिकृत पार्धेविरुद्ध भ्रष्टाचार मुद्दा दायर



काठमाडौं ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सहायक वन अधिकृत नारायण पार्धेविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

७ हजार रुपैयाँ घुससहित पक्राउ परेका बाँकेको सव-डिभिजन वन कार्यालय, राँझामा कार्यरत अधिकृत पार्धेविरुद्ध मंगलवार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार पार्धेले काठ चिरानका लागि सिफारिश गरिदिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस लिएका थिए ।

उनलाई विशेष सूचनाका आधारमा आयोगको सम्पर्क कार्यालय नेपालगन्जबाट खटिएको टोलीले ७ हजार रुपैयाँसहित नियन्त्रणमा लिएको थियो ।

आयोगले ७ हजार रुपैयाँ बिगो कायम गरेर सोही बमोजिमको जरिवाना र कैद सजायको माग दाबी गरेको छ ।

प्रकाशित मिति : १ चैत्र २०८० बिहिबार ००:००  ७ : ११ बजे