काठमाडौँ ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज संयुक्त अरब इमिरेट्स (यूएई) को दुबई जाने भएका छन् । भोलिदेखि मंसिर २६ गतेसम्म चल्ने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको २८औँ सम्मेलन (कोप–२८) मा सहभागी हुन प्रधानमन्त्री त्यसतर्फ जान लागेका हुन् । मंसिर १५ र १६ गते सम्मेलनमा सहभागी राज्य सरकार र प्रमुखहरुले सम्बोधन गर्ने कार्यतालिका छ ।…