११ श्रावण २०८१, शुक्रबार | Fri Jul 26 2024

यी चार प्रदेशका पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना



काठमाडौं ।
नेपालमा पश्चिमी वायुसँगै न्युनचापीय प्रणालीको प्रभाव परेको छ । यसकै प्रभावका कारण अस्तिदेखि काठमाण्डौ उपत्यकासहित धेरै ठाउँको मौसम धुम्मिएको छ । अहिले पनि देशका धेरै ठाउँको मौसम धुम्म छ । दिउँसो पहाडी क्षेत्र बाहेकका ठाउँको मौसम सफा रहने सम्भावना रहेको मौसमविद् सरोज पुडासैनीले जानकारी दिनुभयो ।

तर,पहाडी क्षेत्रको मौसम भने आज पनि आंशिकदेखि सामान्य बदली हुने सम्भावना रहेको उहाँले बताउनुभयो । यस्तै, आज कोशी, बाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा हल्का पानी पर्ने अनुमान रहेको मौसमविद् पुडासैनिले जानकारी दिनुभयो ।

उहाँका अनुसार उच्च पहाडी र हिमाली जिल्लामा आज पनि हिमपातको सम्भावना छ । यस्तै, काठमाण्डौमा आज हिजो भन्दा चिसो छ । काठमाण्डौको न्यूनतम तापक्रम आज दुई डिग्री सेल्सियसले घटेको छ । हिजो १२ दशमलव ४ डिग्री सेल्सियस रहेको काठमाण्डौको न्यूनतम तापक्रम आज १० दशमलव ४ डिग्री सेल्सियसमा झरेको छ ।

प्रकाशित मिति : १३ मंसिर २०८० बुधबार ००:००  ७ : ३२ बजे