गुल्मी ।गुल्मीको धुर्कोट गाउँपालिका–६ कुमालटारीमा छल्दीखोला सिंचाइ आयोजना पूरा भएपछि स्थानीय किसानले खेतबारीमा सिंचाइ सुविधा पाएका छन् । जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालयले सञ्चालन गरेको सिंचाइ योजना पूरा भएपछि धान रोपाइका लागि आकाशको पानी कुर्नु नपर्ने स्थानीय किसान नारायणप्रसाद कुँवरले बताए । सिंचाइको सुविधा नहुँदा यहाँका किसानले धेरै खेती लगाउन आकाशे पानीको भर पर्नुपर्ने…