१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

रासायनिक मल खरिद ऐन संशोधन गर्नुपर्छः मन्त्री भुसाल



काठमाडौं ।
कृषि तथा पशुपक्षी विकासमन्त्री डा. वेदुराम भुसालले रासायनिक मल खरिद ऐन र खरिद नियमावली संशोधन गर्न आवश्यक रहेको बताएका छन् ।

बिहीबार बसेको अर्थ समितिको बैठकमा बोल्दै उनले रासायनिक मल खरिद प्रक्रियाको टेण्डर ४५ दिन रहेकोमा अब १५ दिन राख्नेगरी मन्त्रालयले प्रस्ताव अघि बढाएको बताए ।

उनले जीटुजी प्रक्रियाबाट नै मल खरिद गर्नुपर्ने र जीटुजीका लागि बजेटको अग्रिम सुनिश्चिततालाई जोड दिन आवश्यक रहेको बताए । उनले छोटो समयमा नै मल खरिद गरी समयमा नै किसानलाई आपूर्ति गर्ने व्यवस्था गर्नुपर्ने बताए ।

मन्त्री भुसालले रासायनिक मलमा मात्रै निर्भर नभई प्राङ्गारिक र जैविक मलमा निर्भर हुनेकुरामा जोड दिन आवश्यक रहेको बताए ।

प्रकाशित मिति : २१ असार २०८० बिहिबार ००:००  ३ : ४३ बजे