दाङ । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले मुलुकको समृद्धि, आत्मनिर्भरता र दिगो विकासका लागि एमालेको नेतृत्व अपरिहार्य रहेको बताउनु भएको छ । माघे सङ्क्रान्तिको अवसरमा दाङमा आयोजित कार्यक्रममा उहाँले एमाले नेतृत्वमा प्राकृतिक स्रोतको उत्खननदेखि ठुला पूर्वाधार, शिक्षा र ऊर्जा क्षेत्रमा ऐतिहासिक कामहरू अघि बढाइएका कारण मुलुक विकासको सही दिशामा अघि बढेको बताउनु भयो । महासचिव…