काठमाडौं । छुट्टाछुट्टै सवारी दुर्घटनामा परी छ जनाको मृत्यु भएको छ। काठमाडौं महानगरपालिका -१५ स्वयम्भू ठाडोभर्याङस्थित सडकमा बा १ प ७६३ नम्बरको पर्यटक बस र बागमती प्रदेश ०२-०१८ प ४९४० नम्बरको मोटरसाइकल आपसमा ठोकिएर बिहीबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक सिन्धुली मरिण गाउँपालिका-३ बस्ने २२ वर्षीय निर्मल लामाको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका…