१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

काठमाण्डौ महानगरले आज स्थापना दिवस मनाउँदै



काठमाण्डौ ।

काठमाण्डौ महानगरपालिकाले आज २८औँ महानगर दिवस मनाउँदैछ। २०५२ साल मंसिर २९ गते काठमाण्डौ महानगरपालिका घोषणा भएको थियो । त्यही दिनको सम्झनामा काठमाण्डौ महानगरपालिकाले हरेक वर्ष विभिन्न कार्यक्रम गरी महानगर दिवस मनाउँदै आएको छ।

दिवसका अवसरमा महानगरले यसवर्ष सप्ताहव्यापी कार्यक्रम गरेको छ । टेकु दोभानमा नदी सरसफाइ तथा महानगरपालिकाका ५० खुला तथा सार्वजनिक ठाउँमा सरसफाइ भएको छ । त्यस्तै कला संस्कृतिलाई संरक्षण गर्न र त्यसका बारेमा जानकारी गराउने उद्देश्यले विभिन्न कार्यक्रम गरिएको महानगरपालिकाका सहायक निर्देशक मधुप्रसाद पाण्डेले जानकारी दिनुभयो।

महानगरले दिवसका अवसरमा आज नियमित सेवा प्रवाह नगर्ने भएको छ । महानगरले आज सूचना निकालेर केन्द्रीय कार्यालय तथा मातहतका सबै विभागरआयोजनारकार्यक्रमरवडा कार्यालयहरू र एकाइबाट प्रवाह हुने सेवा बन्द हुने जानकारी दिएको हो।

प्रकाशित मिति : २९ मंसिर २०७९ बिहिबार ००:००  ८ : ५५ बजे