मायादेवी अनलाइन, बाणगंगा ।सुकुम्बासी समस्या समाधान, किसानका समस्या र जनजिविकाका सवालमा स्थानीय तहले विशेष चासो दिनुपर्ने राष्ट्रिय जनमोर्चा कपिलवस्तुले माग गरेको छ । जिल्लाका दुई स्थानीय तहमा यस विषयमा ज्ञापनपत्र बुझाउँदै राष्ट्रिय जनमोर्चाले यस्तो माग गरेको हो । भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई जग्गा उपलब्ध गराउन भूमि आयोग तम्तयारी अवस्थामा रहदा समेत नगरपालिकाबाट सो कार्यका…