३ जेष्ठ २०८२, शुक्रबार | Fri May 16 2025

खत्रीको निधनमा एकीकृत समाजवादी कपिलवस्तुद्धारा शोक सभा



मायादेवी अनलाइन, बाणगंगा ।
नेकपा (एकीकृत समाजवादी) कपिलवस्तुले आफ्ना स्थानीय नेताको निधनमा शोक सभाको आयोजना गरेको छ ।

जिल्लाको बाणगंगा नगरपालिका वडा नं. ८ बोडगाउँ निवासी समाजवादीका स्थानीय नेता शिव बहादुर खत्रीको हृदयघातका कारण निधन भएको थियो ।

एकीकृत समाजवादीका वडा कमिटी सदस्य रहेका खत्रीको साउन ११ गते असमायिक निधन भएको थियो ।

उक्त दुःखको खडीमा एकीकृत समाजवादीले सातौं दिनको पुण्य तिथिको अवसर पारेर मंगलबार शोक सभा गरेको हो ।

शोकसभामा बोल्दै पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज क्षेत्र बहादुर खत्रीले पार्टी गठनमा महत्वपूर्ण साथ दिनुभएका कमरेड शिव बहादुर खत्रीको असमायिक निधनले आफुहरुलाई स्तब्धमा पारेको बताए ।

शोकसभामा एकीकृत समाजवादीका केन्द्रीय परिषद सदस्य गीता अन्जान, जिल्ला कमिटी अध्यक्ष लंक बहादुर हमाल, जिल्ला सचिव ओमप्रकाश कुर्मी, उपसचिवदोय कमल भट्टराई, सरोज पौडेल, बाणगंगा नगर कमिटी अध्यक्ष दिपक पन्थी लगायतको उपस्थिति रहेको थियो ।

स्वर्गीय खत्रीका जेठा छोरा प्रज्जव खत्री र कान्छा छोरा प्रशान्त खत्री एकीकृत समाजवादीका विभिन्न कमिटीमा रहेका छन् ।

प्रकाशित मिति : १८ श्रावण २०७९ बुधबार ००:००  ७ : ५१ बजे