२५ कार्तिक २०८१, आइतबार | Sun Nov 10 2024

विभिन्न माग राखेर राष्ट्रिय जनमोर्चा कपिलवस्तुले बुझायो पालिकामा ज्ञापनपत्र



मायादेवी अनलाइन, बाणगंगा ।
सुकुम्बासी समस्या समाधान, किसानका समस्या र जनजिविकाका सवालमा स्थानीय तहले विशेष चासो दिनुपर्ने राष्ट्रिय जनमोर्चा कपिलवस्तुले माग गरेको छ ।

जिल्लाका दुई स्थानीय तहमा यस विषयमा ज्ञापनपत्र बुझाउँदै राष्ट्रिय जनमोर्चाले यस्तो माग गरेको हो ।

भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई जग्गा उपलब्ध गराउन भूमि आयोग तम्तयारी अवस्थामा रहदा समेत नगरपालिकाबाट सो कार्यका लागि आवश्यक कागजात संकलनमा ठिलासुस्ती र बेवास्ता गरेको भन्दै राष्ट्रिय जनमोर्चाले जिल्लाका स्थानीय तहमा ध्यानाकर्षण गराएको छ ।

जिल्लाको बाणगंगा नगरपालिका र शिवराज नगरपालिकामा बुधबार ज्ञापनपत्र बुझाएको राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष दधिराम आचार्यले बताए ।

बाणगंगा नगरपालिकामा ज्ञापनपत्र बुझाउन नगर अध्यक्ष डबलसिंह जिसी र नगर सचिव राम प्रसाद बेल्वासेको नेतृत्वमा गएको थियो ।

यता शिवराज नगरपालिकामा पनि नगर अध्यक्ष केरसिंह पुनको नेतृत्वमा एक टोली ज्ञापनपत्र बुझाउन गएको थियो ।

प्रकाशित मिति : १८ श्रावण २०७९ बुधबार ००:००  ८ : २५ बजे