काठमाण्डौ । निर्वाचन आयोगले राजनीतिक दल र उम्मेदवारको चुनाव चिह्न अङ्कित ज्याकेट, टी–सर्ट, टोपीलगायत कुनै किसिमको पहिरन वा स्टिकर नबाँड्न चेतावनी दिएको छ । आयोगले चैत २५ गतेदेखि निर्वाचन आचारसंहिता लागू भइसकेको र आचारसंहितामा चुनाव चिह्न भएको कुनै प्रकारको पहिरन, लोगो, झोलालगायत साङ्केतिक सामग्री बाँड्न रोक लगाएको स्मरण गराउँदै त्यस्तो काम नगर्न भनेको हो ।…