२६ असार २०८३, शुक्रबार | Sat Jul 11 2026

सप्तकोशी नदीमा पानीको बहाव उच्च, कोशी ब्यारेजका ५० ढोका खोलिए

सुनसरी ।अविरल वर्षातका कारण सप्तकोशी नदीमा जलबहाव बढ्दै गएपछि कोशी ब्यारेजका ५० ढोका खोलिएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता योगराज खतिवडाले कोशी ब्यारेजमा पानीको वहाव प्रतिसेकेण्ड तीन लाख ३५ हजार पुगेपछि ब्यारेजका ५६ ढोकामध्ये ५० वटा ढोका खोलिएको जानकारी दिनुभयो । उहाँका अनुसार आज बिहान आठ बजे नदीको जलवहाव मापन गरिएको थियो ।…