कास्की ।केही समयदेखि सुस्ताएको पोखराको पर्यटन क्षेत्रमा यतिबेला आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लागेको छ । दशैँरतिहार तथा छठ पर्वसम्मको बिदा, खुला हिमाल र अनुकूल मौसमले पोखराका होटल, रेस्टुरेन्ट र अन्य पर्यटकीय गतिविधिमा उत्साहजनक चहलपहल देखिएको हो । अन्नपूर्ण हिमशृङ्खलाको मनोरम दृश्य, फेवातालको शान्त वातावरण, प्याराग्लाइडिङ, बन्जीजम्प, जीप फ्लायरजस्ता साहसिक खेलका कारण पोखरा नेपालको एक…