काठमाण्डौ । आईसीसी टी-२० विश्व कप क्रिकेटमा सेमिफाइनलका खेल आजदेखि हुँदैछ । पहिलो सेमिफाइनलमा बेलुका पौने ८ बजे इङ्ग्ल्यान्ड र न्युजिल्यान्ड खेल्दै छन् । खेल आबुधाबीमा हुनेछ । सुपर १२ को समूह १ बाट इङ्ग्ल्यान्ड विजेता र न्युजिल्यान्ड उपविजेता बन्दै सेमिफाइनलमा पुगेका हुन् । इङ्ग्ल्यान्डका ओपनिङ ब्याट्सम्यान ज्यासन रोयले विश्व कपका खेल गुमाएका छन् ।…