काठमाडौं । भारतीय सीमा रक्षा गर्ने क्रममा फेरि एक जना नेपाली गोर्खा सैनिकले ज्यान गएको छ। जम्मू–कश्मीरको लाइन अफ् कन्ट्रोल एलओसी क्षेत्रमा आज विहान भएका गोलीबारीमा हवल्दार सम्बर गुरुङको मृत्यु भएको हिन्दुस्तान टाइम्सले जनाएको छ। जम्मु–कश्मीरको रजौरी जिल्लास्थित नोसेरा क्षेत्रमा भएको उक्त घटनामा गम्भीर घाइते भएका गुरुङको निधन भएको हो। भारतीय रक्षा प्रवक्ता देवेन्दर आनन्दद्वारा…