कास्की । पोखरामा जिम्मेवार व्यक्ति नै प्रातःभ्रमणका नाममा डाँडाकाँडातिर देखिन थालेपछि कास्की प्रहरीले लकडाउनको सिद्धान्त पूर्ण पालन गर्न आग्रह गरेको छ । विश्वव्यापी महामारीका रुपमा देखिएको कोरोना सङ्क्रमण रोक्न सरकारले घोषणा गरेको ‘लकडाउन’ लाई पोखराका जिम्मेवार व्यक्तिबाटै पूर्ण पालन नगरी मनपरी हिँड्ने र आफ्नो रवाफ देखाउने गरेको कास्की प्रहरी प्रमुख दानबहादुर कार्कीले बताए । उनले…