रामेछाप । मन्थली नगरपालिका वडा नं–८ चिसापानीका किसानले बाँदरको समस्या समाधानका लागि व्यावसायिक बेसारखेती शुरु गरेका छन्। बारीमा लगाएको मकैमा बाँदरले आक्रमण गरेपछि उनीहरुले त्यसको विकल्पमा बेसारखेती शुरु गरेका हुन् । बेसार बिक्रीबाट राम्रै आम्दानी हुन थालेपछि किसान यसतर्फ आकर्षित भएका हुन् । हाल स्थानीय बजारमा बेसार प्रतिकिलो ३०० रुपैयाँसम्म बिक्री हुने गरेको छ ।…