बुटवल । महिलाको स्तनसम्बन्धी रोग पहिचान र उपचारमा नयाँ आयाम थप्दै लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले म्यामोग्राफी सेवा सुरु गरेको छ । स्तनसम्बन्धी रोगको परीक्षण, परामर्श र उपचारका लागि ‘विशेष ब्रेस्ट क्लिनिक’ समेत सञ्चालनमा ल्याएको छ । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारूले सोमबार म्यामोग्राफी तथा ब्रेस्ट क्लिनिक उद्घाटन गर्दै प्रदेशको स्वास्थ्य सेवामा नयाँ आयाम थपिएको बताउनुभयो । मन्त्री सारूले…