एजेन्सी । बंगलादेशमा प्याजको मूल्य आकासिएपछि प्रदर्शन सुरु भएको छ। केही समयअघि प्रतिकेजी ३० टका रहेको प्याजको भाउ बढेर आज २ सय ६० टका पुगेको छ। बंगलादेश सरकारले खपत धान्नका लागि हवाईजहाजमा राखेर प्याज आयात गरिरहेको छ। महंगीका कारण मानिसहरुले प्याजको उपभोग नै गर्न सकिरहेका छैनन्। बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेदका डेपुटी प्रेस सेक्रेटरी हसन…