चितवन । मोटरसाइकल दुर्घटनामा परी चितवनको भरतपुरमा एक जनाको मृत्यु भएको छ। भरतपुर महानगरपालिका–१ ठिमुराका ३५ वर्षीय डिल्लीराम गौतमको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। रामनगरबाट ठिमुरातर्फ गइरहेको ना १५ प ५१४१ नम्बरको मोटरसाइकल शुक्रबार राति ११ः५० बजे अनियन्त्रित भई पल्टिँदा गौतम गम्भीर घाइते भएका थिए। उनको भरतपुर अस्पतालमा उपचारका क्रममा राति करिब…