काठमाण्डौ । नेपाली सेनाले शान्ति सेनामा खटिएका सिपाहीको भत्ता वृद्धि गरेको छ । शान्ति मिशनमा खटिएको अवधिमा प्राप्त गर्ने दैनिक भत्ता बढाएर मासिक ८५ अमेरिकी डलर वृद्धि गरिएको नेपाली सेनाले जनाएको छ । भत्ता बढेसँगै अब शान्ति मिसनमा खटिने तल्लो दर्जाका सिपाहीले प्रतिमहिना १ हजार १ सय ४० अमेरिकी डलर पाउने छन् । यसरी वृद्धि…