५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026

गोदावरी नदीमा डुङ्गा डुब्दा १२ जनाको मृत्यु, ३० बेपत्ता



एजेन्सी ।
भारतको आन्ध्र प्रदेशमा पर्यटकहरू चढेको एउटा डुङ्गा गोदावरी नदीमा पल्टिँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ। आइतवार भएको उक्त घटनामा ३० जना हराइरहेका छन्। उक्त डुङ्गामा झन्डै ६० जना मानिस चढेका थिए। एउटा प्रसिद्ध पर्यटकीय स्थल जान लागेका बेला डुङ्गा एउटा ठूलो ढुङ्गामा ठोक्किएको थियो। स्थानीय अधिकारीहरूले २७ जनालाई सकुशल उद्धार गरेका छन्। बेपत्ताको खोजी जारी रहेको भारतीय अधिकारीले जनाएका छन्। राज्यका मुख्यमन्त्री जगन मोहान रेड्डीले सो क्षेत्रमा सबै डुङ्गा सेवा बन्द गर्न आदेश दिएका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाबारे दुस्ख व्यक्त गर्दै पीडितहरूलाई धैर्यधारण गर्न आग्रह गरेका छन्।

प्रकाशित मिति : ३० भदौ २०७६ सोमबार ००:००  २ : २८ बजे